कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

रासस

काठमाडाैं
Photo : Hamropatro
Photo : Hamropatro

नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ।

कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो।

समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेका छन्।

समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याइ क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरेको छ।

सो निर्णयबमोजिम क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेबी) र गाउँपालिका÷नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपीसहित विवरण केन्द्रमा पठाउनुपर्ने छ।  
 

प्रकाशित मिति: : 2021-02-20 21:14:00

प्रतिकृया दिनुहोस्