सिरहामा पाँच हजारले लगाए कोरोनाबिरुद्धको खोप

रासस

लहान
File Photo
File Photo

सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन्।

दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णणदेब यादवले जानकारी दिए।

खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन्। 

प्रकाशित मिति: : 2021-02-21 11:29:00

प्रतिकृया दिनुहोस्