बाबुराम भट्टराई उपचारका लागि नयाँदिल्ली प्रस्थान

simpaninews.com
simpaninews.com

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान गरेका छन्।

उनी स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका हुन्। नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। 

पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी भारत गएका सचिवालयले जनाएको छ।

उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ। भट्टराईको उपचार 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस' मा हुने सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-21 12:56:00

प्रतिकृया दिनुहोस्