आइतबार, २० जुलाई २०२५

प्रधानमन्त्री ओली आज सुदुरपश्चिम जादै, ०५२ सालमा घोषणा भएको औद्योगिक क्षेत्र शिलान्यास गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2021-02-22 08:42:00
Photo : scrollin
• • •

प्रधानमन्त्री केपी शर्मा ओली आज एक औद्योगिक क्षेत्रको शिलान्यास गर्न  सुदुरपश्चिम जादैछन्। 

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा घोषणा भएको दैजी छेलामा औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली सुदुरपश्चिम जान लागेका हुन्।

उक्त औद्योगिक क्षेत्र कञ्चनपुर जिल्लामा पर्छ। प्रधानमन्त्री ओली काठमाडौंबाट जहाजमा पहिले धनगढी जानेछन्।

त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर पुग्ने कार्यक्रम रहेको सुदुरपश्चिमका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?