बागमती प्रदेश ट्राफिक प्रहरीले गर्‍यो घुस खुवाउन खोज्ने १७ सय बढी चालकलाई कारबाही

सेतोपाटी

काठमाडाैं

बागमती प्रदेश ट्राफिक प्रहरीले घुस खुवाउन खोज्ने १७ सय ९१ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ।

ट्राफिक नियमको उल्लंघन गरी सवारी साधन चलाउने ती चालकले कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले उनीहरूले दिन खोजेको रकम अस्वीकार गरी थप जरिवाना तिराइएको बताए।

प्रकाशित मिति: : 2021-02-22 10:01:00

प्रतिकृया दिनुहोस्