मुलुकको समृद्धिका लागि स्थानीय तह क्रियाशिल हुनु पर्छः मुख्यमन्त्री पौडेल

रासस

चितवन
Photo : BBC
Photo : BBC

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिका लागि स्थानीय सरकारको क्रियाशिलता आवश्यक रहेको बताएका छन्।

चितवनमा आज आयोजित बालअधिकार सुनिश्चिततासम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र क्रियाशिल हुनुपर्ने बताए।

 मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले नीति बनाउने र अन्य सहयोग गर्ने भए पनि कार्यान्वयन गर्ने स्थानीय तह नै भएकाले स्थानीय सरकार क्रियाशिल हुन जरुरी रहेको बताए।

उनले कार्यान्वयन गर्ने निकाय जिम्मेवार नबनेसम्म कुनै पनि कुरामा सफलता प्राप्त गर्न नसकिने हुँदा केन्द्र सरकारले पनि यसलाई बुझेको बताए। स्थानीय सरकारले कोभिड–१९ महामारीका बेला खेलेको भूमिकाले पनि यसलाई पुष्टि गरेको उनको भनाइ थियो। 

प्रकाशित मिति: : 2021-02-22 20:14:00

प्रतिकृया दिनुहोस्