तीन वनमा आगलागी हुदा स्थानीयवासी चिन्तित

रासस

बागलुङ
Photo : deshsanchar
Photo : deshsanchar

बागलुङको गलकोटका तीन सामुदायिक वनमा आगलागी भएको छ।

आज दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो। आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन्। गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताए।

भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको छ।

आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले जानकारी दिए।

दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि अहिले आगो नियन्त्रणबाहिर रहेको उनले बताए । 
 

प्रकाशित मिति: : 2021-02-22 21:23:00

प्रतिकृया दिनुहोस्