क्रिष्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा जित हात पारेकाे छ।
अवे मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ ले पराजित गरेको हो।
२८ औँ मिनेटमा जिन फिलिपे मातेताले गोल गर्दै क्रिष्टललाई सुरुवाति अग्रता दिलाए ।
५५ औँ मिनेटमा ब्राइटनका जोएल वेल्ट्म्यानले बराबरी गोल गरे।
तर इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा क्रिष्टियन बेन्तेकेले गोल गरि क्रिष्टल लाई जित दिलाए।
जितसँगै २५ खेलबाट ३२ अंकसहित क्रिष्टल १३ औँ स्थानमा उक्लिएको छ।
ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा कायम छ।