अब दराजमा १ रुपैयाँमै डिशहोम फाइबर नेटको ६ महिनाको प्याकेज 

दराज हाट बजारमा १ रुपैयाँमा नै डिशहोमको फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिने भएको छ।

यहि फागुन ११ गतेदेखि सुरु हुने दराज हाट बजारमा अव १ रुपैयाँमै फाइबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ।

अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ।

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसंगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ।

यसबाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाइन मार्फत पनि खरिद गर्न सक्नेछन्। 
 

प्रकाशित मिति: : 2021-02-23 16:42:00

प्रतिकृया दिनुहोस्