कस्तो रहला ऋतिक र दिपिकाको जोडी? 

Photo : indianexpress
Photo : indianexpress

बलिउड नायक ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोणले एउटा फिल्ममा जोडी बाँध्ने भएका छन्। 

थ्रिडीमा निर्माण गर्न लागिएको चलचित्र 'रामायण'मा ऋतिक र दिपिकाले एकैसाथ काम गर्न लागेका हुन्। चलचित्र 'रामायण'को लागी ऋतिक र दिपिका अनुबन्ध भईसकेको फिल्म निर्देशन् गर्न लागेका नितेश  तिवारीले जानकारी दिए। तिवारीले यस अघि ‘दंगल’ निर्देशन् गरेका थिए।

मधु मन्तेनले लगानी गर्न लागेको फिल्म चर्चित महाकाव्य 'रामायण'मा आधारित हुनेछ। चलचित्र निर्माणको  लागि तीन सय करोड बजेट छुटाइएको छ।

निर्माता मधुले यस फिल्मलाई 'ड्रिम प्रोजेक्ट'को उपनाम समेत दिएका छन्। 

प्रकाशित मिति: : 2021-02-23 17:31:00

प्रतिकृया दिनुहोस्