सीमा सुरक्षा गर्न दक्षिण कोरियाको सेना असफल

Photo - Kim Hong-Ji/Reuters
Photo - Kim Hong-Ji/Reuters

सीमा सुरक्षा गर्नका लागि दक्षिण कोरियाको सेना असफल भएको छ।

फेब्रुअरीमा सीमा पार गरेर केही उत्तर कोरियाका नागरिक ८ पटकसम्म सिसि टिभीमा देखिए पनि सेनाले पहिचान गर्न नसकेको हो। 

अधिकारीहरुका अनुसार ती व्यक्ति समुन्द्रमा पौडिएर पाँच किलोमिटरसम्म हिँडेका थिए। उक्त दूरी पार गर्न करिब ३ घण्टा लाग्छ।

तर नवौँ पटक सिसि टिभीमा देखिएपछि सेनाले उनीहरुलाई पहिचान गरेको थियो। 

अति जोखिमपूर्ण मार्गबाट ती व्यक्तिले सीमा पार गर्ने निर्णय किन लिए भन्ने खुलेको छैन। र कति जनाले सीमा पार गरे भन्ने पनि खुलेको छैन।

यद्यपी यो घटनालाई सञ्चारमाध्यमा आएपछि आवश्यक परिवर्तन गर्ने दक्षिण कोरियाको सेनाले जनाएको छ ।

प्रकाशित मिति: : 2021-02-24 11:25:00

प्रतिकृया दिनुहोस्