बाबुराम भट्टराईको ‘वायोप्सी’ रिपोर्ट आउन चार दिन लाग्ने

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराईको ‘वायोप्सी’ रिपोर्ट आउन चार दिन लाग्ने भएको छ।

भट्टराईको भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार भइरहेको छ। काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई ट्युमर भएको आशंकामा उपचारका लागि गत आइतबार दिल्ली गएका थिए।

उनी मंगलबार बिहान ९ बजे अस्पताल भर्ना भएका थिए।

उनको मंगलबारको परीक्षणपछि पेट स्क्यान र अरु केही परीक्षण गरिएको थियो। पेट स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको थाहा हुनेछ।

प्रकाशित मिति: : 2021-02-24 11:53:00

प्रतिकृया दिनुहोस्