ममता बनर्जी भन्छिन्– मोदी भारतका सबैभन्दा ठूला दंगाबाज हुन्

Photo - News24 / Agencies
Photo - News24 / Agencies

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एकपटक फेरि प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध विवास्पद बयान दिएकी छन्।

राज्यको विधानसभा निर्वाचनअघि भारतीय जनता पार्टी र तृणमूल कांग्रेसबीच राजनीतिक आरोपप्रत्यारोप तीब्र देखिएको छ।

मुख्यमन्त्री बनर्जीले बुधबार हुगलीको सभामा प्रधानमन्त्री मोदी देशको सबैभन्दा ठूलो दंगाबाज भएको आरोप लगाएकी छन्।

मुख्यमन्त्री बनर्जीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री मोदी हिंसाका पक्षपाती भएको बताइन्।

उनले भनिन्– 'डोनाल्ड ट्रम्पलाई जस्तो भयो, मोदीलाई पनि त्यस्तै छ। हिंसाबाट केही पनि हासिल हुँदैन।'

चुनावको आखिरी चरणमा मुख्यमन्त्री ममताले पश्चिम बंगालमा बंगालीकै शासन हुने दाबी गरेकी छन्।

उनले बंगालमा प्रधानमन्त्री मोदीको राज नहुने बताइन्। उनले भतिज अभिषेक बनर्जीकी श्रीमतीलाई सीआईबीले गरेको सोधखोजले बंगाली महिलाको अपमान भएको समेत बताइन्।

प्रकाशित मिति: : 2021-02-24 18:17:00

प्रतिकृया दिनुहोस्