संसद् पुनःस्थापनाको फैसलापछि शेयर बजार सकारात्मक, नेप्से १२.५६ अंकले बढ्यो 

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले प्रतिनिधिसभा समातेको छ। राजनीतिक अन्यौलता बढ्ने आशंकमा मंगलबार बजार प्रभावित भएको थियो।

बुधवार नेप्से सूचक बुधबार १२.५६ अंकले बढेर २५९९.०७ विन्दुमा आइपुगेको छ। १ करोड ६७ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १२ मध्ये २ बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन्।

नेप्सेको समस्या आएपछि नेप्सेका सूचांकहरु बिग्रिए। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को भाउ १००% घटेको देखियो। नेप्से सूचक पनि करिब ८४ अंकले तल झरेको देखियो।

बुधबार दिनभरि जसो नै बीचबीचमा नेप्सेको टिएमएसमा समस्या देखिएको थियो। टिएमएसमा समस्या आँउदा कारोबार रकममा सङ्कुचन देखिएको छ।

दैनिक ८ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदै आएकोमा बुधबार कारोबार रकम ६ अर्बमा झरेको छ।

होटल र बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.३१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा र जीवन बीमा उपसमूहको सूचक क्रमशः १.४२ प्रतिशत र १.०२ प्रतिशतले बढेको छ।

त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १.११ प्रतिशतले घटेको छ।

आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको ९.९७ प्रतिशत, चन्द्रागिरि हिल्सको ९.९४ प्रतिशत, र नेपाल बैंकको शेयरमूल्य ५.३० प्रतिशतले बढेको छ।

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य सबैभन्दा धेरै ५.३९ प्रतिशतले घटेको छ भने अरुण भ्याली हाइड्रोपावरको ४.७१ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ४.४२ प्रतिशत, युनाइटेड इदि मर्दीको ४.३८ प्रतिशत र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ४.०४ प्रतिशतले घटेको छ।

बुधबार नेपाल बैंकको सबैभन्दा धेरै ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५६ करोड, नेको इन्स्योरेन्सको २३ करोड ८३ लाख, एनआइसी एशिया बैंकको २० करोड ४७ लाख रुपैयाँ र ग्लोबल आयएमई बैंकको २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-02-24 18:23:00

प्रतिकृया दिनुहोस्