बार्सिलोनाको जितमा मेसीको दुई गोल

By: Twitter
By: Twitter

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। 

 बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एल्चीलाई ३–० ले पराजित गरेको हो।

बार्सिलोनाको जितमा कप्तान लिओनल मेसीले दुई तथा जोर्डी अल्बाले एक गोल गरे। 
पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलको ४८ औं मिनेटमा मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

६८ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरे। यता अल्बाले ७३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए।

जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको २४ खेलबाट ५० अंक भएको छ । २३ खेलबाट २१ अंक भएको एल्ची पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-25 07:23:00

प्रतिकृया दिनुहोस्