च्याम्पियन्स लिग: सिटीको सहज जित

By: Twitter
By: Twitter

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ।

बुधबार राति अवे मैदानमा भएको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा सिटीले बोरुसिया मोन्चेङ्गग्लाडवाचलाई २–० ले पराजित गरेको हो।

सिटीका लागि बेर्नार्डो सिल्भा र गाब्रियल जिससले गोल गरे। 

२९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६५ औं मिनेटमा गोल गर्दै जिससले गोल गर्दै २–० को सहज जित दिलाए। 

दोस्रो लेगमा आउँदो मार्च १६ मा सिटीको मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2021-02-25 08:15:00

प्रतिकृया दिनुहोस्