फेसबुकले समाचार राखेबापत् मिडिया हाउसलाई आम्दानी बाँड्ने

बिएल संवाददाता

काठमाडाै‌ं
फोटोः रोयर्टस्
फोटोः रोयर्टस्

सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने भएको छ।

कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान बनाएको हो।  

फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत् पैसा तिर्दै आएको छ।

फेसबुकजस्तै सर्च इन्जिन कम्पनी गुगलले पनि समाचार सामग्री प्रयोग गरेबापत् मिडिया हाउसलाई पैसा तिरिरहेको छ।

प्रकाशित मिति: : 2021-02-25 09:49:00

प्रतिकृया दिनुहोस्