विद्यार्थी र शिक्षकहरु एकाएक बिरामी पर्न थालेपछि विद्यालय नै बन्द

रासस

बझाङ
Photo : himalkhabar
Photo : himalkhabar

बझाङको एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरु  एकाएक बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ।  

साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको हो। एक हप्तादेखि विद्यार्थी र शिक्षकहरु एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो।

बिरामी विद्यार्थी र शिक्षकहरुमामा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट जानकारी दिए।

विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकहरुमा यस्ता लक्षण देखिएका छन् ।
 

प्रकाशित मिति: : 2021-02-25 11:48:00

प्रतिकृया दिनुहोस्