इन्डोनेसियाको सुन खानीमा पहिरो जादा पाँचको मृत्यु, ७० जना बेपत्ता

रासस

इन्डोनेसिया
Photo : nepaltouch
Photo : nepaltouch

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ।

साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले जानकारी दिएको छ। प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले  भारी वर्षाका कारण परिगी माउन्टोङ जिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताए। 

पाँचवटा लाशहरु  भेट्टिएको  र अन्य ७० जना हराइरहेका, ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएका छन्। बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य शुरू गरिएको छ।

एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताए। 

प्रकाशित मिति: : 2021-02-25 15:56:00

प्रतिकृया दिनुहोस्