राजदूतद्वय रेग्मी र विश्वकर्माद्वारा शपथ ग्रहण

रासस

काठमाडाै‌ं

संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन्। 

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-25 16:40:00

प्रतिकृया दिनुहोस्