‘नेपाललाई कलामार्फत विश्वमा चिनाउन मन छ’

देशसञ्चार

काठमाडौँ

सपना न्‍यौपाने

देखेका सबै सपना पूरा नहुन पनि सक्छन्। तर दृढ इच्छाशक्ति हुनेहरु भने आफूले देखेको सपना मर्न दिँदैनन्, तिनलाई जीवन्त राख्ने प्रयास गर्छन्।

भक्तपुर कमलविनायकका विकल प्रजापतिले पनि आफ्नो सपनालाई सधैँ सम्भावनाका रुपमा हेरे र आकार दिने प्रयास गरे। पेशाले आर्किटेक्ट इन्जिनियर हुन् उनी। तर अहिले ‘आर्ट’ (चित्रकला/मूर्तिकला)मा आफ्नो करियर अगाडि बढाइरहेका छन्।

आर्ट उनको मन मस्तिस्कमा यसरी बसेको छ कि आर्किटेक्ट र आर्ट दुई वटामध्ये एउटा रोज्नुपर्दा उनी ‘आर्ट’ नै रोज्छन्।

उनी भन्छन्, ‘आर्किटेक्टभन्दा पनि मेरो करियर आर्टबाट नै सुरु भएको हो। पहिलो पटक आर्ट गर्दा पाँच वर्षको थिएँ।’

विकलका बाजे अनि बाबुले काँचो माटोलाई कैयौँ आकार दिए। उनी भने माटोसँग भन्दा पनि रङसँग रमाइरहेका छन्।

उनले औपचारिक रुपमा तालिम त लिएका थिएनन्, तर स्कुलमा हुँदा हप्ताको एक पटक आर्ट शिक्षकले क्लास लिन्थे। त्यतिबेलादेखि नै उनी सबैको नजरमा थिए।

एलएलसीपछि भने उनले तीन महिनाको ट्रेनिङ लिए, कमलविनायककै धुव्र प्रजापतिसँग। उनी भन्छन्, ‘उहाँले धेरै कुरा सिकाउनु भयो। त्यसपछि मैले युट्युब हेरेर नै सिकेँ।’

प्रकाशित मिति: : 2021-02-25 21:16:00

प्रतिकृया दिनुहोस्