कोहलपुर नगरपालिकाले दियाे प्रहरीलाई गाडी

तस्वीर: बिएल
तस्वीर: बिएल

बाँकेको कोहलपुर नगरपालिकाले इलाका प्रहरी कार्यालय कोहलपुरलाई गाडी सहयोग गरेको छ।

गाडी अभावका कारण सेवा प्रवाहमा समस्या भोगिरहेको  प्रहरीलाई स्थानीय सरकारले गाडी  सहयोग गरेको हो।  

कोहलपुर नगरपालिकाले उक्त गाडी पाँच लाखमा खरीद गरिएको  जानकारी दिएको छ।

शुक्रबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुअ डीएसपी  रविन्द्र खनाललाई चाबी हस्तान्त्रण गरे।  

नगरप्रमुख लुट बहादुर रावतले इलाका प्रहरी कार्यालयलाई सेवा प्रवाहमा सहज होस भन्ने उद्देश्यले कोहलपुर नगरपालिकाले गाडी सहयोग गरेको बताए ।

उनका अनुसार नगरपालिकाको आन्तरिक स्रोतबाट  पाँच लाखमा गाडी खरीद गरेर हस्तान्त्रण गरिएको हो। यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालले कोहलपुर नगरपालिकाले गाडी सहयोग गरेको प्रति खुसी प्रकट गरे।

गाडी हस्तान्त्रण कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमबहादुर राना, सशस्त्र प्रहरीका प्रमुख लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-02-26 10:36:00

प्रतिकृया दिनुहोस्