अम्बर गुरुङको पूरा नभएको सपना – ‘अर्केष्ट्रा’

देशसञ्चार

काठमाडाै‌ं

सुजाता खत्री

अम्बर गुरुङले कवि अगमसिंह गिरीले रचेको गीत ‘नौ लाख तार उदाए’ मा संगीत भर्दा दार्जिलिङमा भाषाको आन्दोलन चलिरहेको थियो।

नेपालीले प्रवासी भएर भोग्नु परेको फरक व्यवहारले वरिष्ट संगीतकार अम्बर गुरुङलाई क्रान्तिकारी कलाकार बनाइरहेको थियो।

यो गीत जब दार्जिलिङमा बस्ने नेपालीको मुटुसँग जोडियो, तब भारतको अल इन्डिया रेडियोले प्रतिबन्ध लगाइदियो। यही सयममै उनको गीत नेपालमा पनि गुञ्जिन थालिसकेको थियो। अम्बर दार्जिलिङमा बस्ने नेपाली गायक भनेर नेपालमा पनि परिचित भइसकेका थिए।

वि सं २०२४ सालमा अम्बरलाई नेपाल बोलाइएको थियो। राजा महेन्द्र वीरबिक्रम शाह उनको प्रतिभाको प्रशंसक भए। अम्बरका पुर्खा गोरखाको रिसिङका भएर पनि वंशको भूमिसँग भावनात्मक सम्बन्ध थियो ।

त्यसैले वि सं २०२६ सालपछि उनी नेपालमा नै सदाका लागि बसे।

प्रकाशित मिति: : 2021-02-26 14:35:00

प्रतिकृया दिनुहोस्