३ जना मृत अवस्थामा फेला

फाइल तस्वीर
फाइल तस्वीर

वर्दियाको बाँसगढी नगरपालिका-३ महादेवस्थानस्थित सडक नालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। 

सोही ठाउँ बस्ने जुम्ला कनका सुन्दरी गाउँपालिका-२ घर भएका २५ वर्षीय आकाश रावत बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

त्यसैगरी धादिङको निलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीय कृष्ण बहादुर अछामी सोही ठाउँस्थित पौवा जाने बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नहरमा हाल, नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-02-26 16:16:00

प्रतिकृया दिनुहोस्