साप्ताहिक शेयर बजार : अधिकाशं उपसूचकहरुमा गिरावट, प्राविधिक बिश्लेषणले के भन्छ ?

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडौं, फागुन १४ : यो साताका पाँच दिन नै शेयर कारोबार भएको थियो । गत बुधबारको दिन नेपाल स्टक एक्सचेन्जको ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम”मा समस्या आएकोले नेपाल इन्फ्रास्ट्रक्चर बैंङ्कको मुल्य शुन्यमा कायम हुन जाँदा नेप्सेमा पनि भारि गिरावट देखिएको थियो। त्यस दिनको कारोबारको पछिल्लो समयमा भने यो समस्या सच्याईएको थियो।

यो साता नेप्से परिसूचकमा  ८२ दशमलब ५५ अंंकको अर्थात अघिल्लो साताभन्दा यो साता ३ दशमलब १३ प्रतिशतको गिरावट रहेको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २६३६ दशमलव ६८ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २५५४ दशमलव १३ को विन्दुमा बन्द भएको छ । 

यो साता म्यूचल फण्ड बाहेक अरु सबै उपसुचकहरुमा गिरावट आएको छ। अघिल्लो साताभन्दा यो साता म्यूचल फण्डमा ५ दशमलब ८० प्रतिशतको बृद्धि रहेको छ। सर्वाधिक गिरावट रहनेमा बैंकिङ्ग उपसुचकमा ४ दशमलब ६४ प्रतिशतले घटेको छ। त्यस्तै, दोश्रो र तेश्रो स्थानमा जिवन बिमा र फाईनान्स उपसूचकहरु क्रमशः ४ दशमलब ६२ र ३ दशमलब ७१ प्रतिशतको गिरावट रहेको छ। 

प्रकाशित मिति: : 2021-02-26 19:11:00

प्रतिकृया दिनुहोस्