७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

रासस

काठमाडौं
Photo : nepalyouthcounciloffice
Photo : nepalyouthcounciloffice

राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ।

जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो। गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो। 

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिए। सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए। उनले जिल्ला अध्यक्षले नै समितिलाई पुर्णता दिने बताए। 

समितिमा सात सदस्यीय रहेका हुन्छ। समितिको चार  युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन  युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने गर्दछ। 

सरकारले सङ्घसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्नका लागि प्रदेश युवा परिषद् गठन गर्न तयारी गरेको छ। अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ। 

 

प्रकाशित मिति: : 2021-02-27 14:49:00

प्रतिकृया दिनुहोस्