‘दलहरुबीच समझदारी हुन्छ’

फाइल तस्वीर
फाइल तस्वीर

सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। शनिबार पत्रकारहरुसँगकाे कुराकानीमा उनले संसद् नियमित चल्ने बताए।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे। उनले भने, “पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ। अब दलहरुबीच छलफल र समझदारी हुन्छ।” राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनकाे भनाइ छ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनकाे भनाइ थियो। उनले भने, “मैले सहजीकरण गर्ने छु। राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन।” संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले बताए। रासस

प्रकाशित मिति: : 2021-02-27 16:17:00

प्रतिकृया दिनुहोस्