अविश्वास प्रस्ताव कसरी आउँछ प्रस्ट भएको छैन, आए प्रतिवाद गर्छौं– विशाल भट्टराई [अन्तर्वार्ता]

लोकान्तर

काठमाडाै‌ं

ईश्वर अर्याल

प्रतिनिधि सभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले संवैधानिक जटिलता त हल गरिदियो तर राजनीतिक जटिलता भने बढ्दै गएको देखिएको छ ।

अदालतको परमादेश अनुसार सरकारले फागुन २३ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाएको छ । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमार्फत अपदस्थ गर्ने रणनीति बनाएको छ भने ओलीले संसद् फेस गर्ने बताइरहेका छन् ।

ओलीले नेकपाको मुख्य सचेतकबाट देव गुरुङलाई हटाएर आफ्नो समूहका सांसद विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

राजनीतिक जटिलतालाई अब कसरी फुकाउन सकिएला भनेर ओली समूहका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईसँग लोकान्तरकर्मी ईश्वर अर्यालले कुराकानी गरेका छन् । कुराकानीका क्रममा भट्टराईले आफू विधि र प्रक्रियाअनुसार नै मुख्य सचेतक बनेको बताए । सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको संसदबाट नै सरकारले सहयोग माग्ने भट्टराईको तर्क छ ।​

प्रकाशित मिति: : 2021-02-28 18:06:00

प्रतिकृया दिनुहोस्