जसपाका लागि को ‘कम्फर्टेबल’ : ओली कि प्रचण्ड ?

रातोपाटी

काठमाडाै‌ं

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने तयारी भइरहेको अवस्थामा नेपाली राजनीतिमा अनेक प्रश्न अझै अनुत्तरित छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली कुन रुपमा प्रस्तुत होलान् ? उनले आफूलाई रक्षात्मक रुपमा अघि बढाउने हुन् या आक्रामक रुपमा अघि बढाउलान् भन्ने प्रस्ट हुन सकेको छैन । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा विघटन बदर गरेपछि राजनीतिले नयाँ मोड लिएको हो । योसँगै अब ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउने हो या यसको विकल्पमा दलहरुले नयाँ गठबन्धन बनाउँछन् भन्नेबारे विभिन्न टिप्पणी भइरहेको छ । त्यसो त, ओली सरकार विस्थापित भएको अवस्थामा नेपाली काँग्रेस सत्ता समीकरणको केन्द्रमा आउन सक्छ । यद्यपि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि अहम् भूमिकामा रहने आँकलन गरिएको छ । 

सत्ता समीकरण बनाउने सन्दर्भमा ओली पक्ष र ओली इतरपक्ष गरी दुई राजनीतिक ध्रुव निर्माण हुने जानकारहरु बताउँछन् । हाल नेकपामा देखिएको दुई धारकै आधारमा सत्ता समीकरण निर्माण हुन सक्ने उनीहरुको भनाइ छ । यस अनुसार नै सत्ता गठबन्धनका लागि दलहरुले आफ्नो भूमिका निर्धारण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: : 2021-02-28 20:56:00

प्रतिकृया दिनुहोस्