स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

काठमाडौंबाट स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित प्रहरीले ३ जनालाई पक्राउ गरको छ।

काठमाडौं महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँसहित उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कुलेश्चर बस्ने नुवाकोट घर भएका ३७ वर्षीय नवराज कार्की, तारकेश्वर बस्ने नुवाकोट घर भएका २७ वर्षीय सुमन थापा र कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन्।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-03-01 14:56:00

प्रतिकृया दिनुहोस्