सहिद स्मारक 'बी' डिभिजन लिगमा अजितको निर्णायक गोल

सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आरसिटीले टुसाल युथ क्लबलाई १-० ले पराजित गरेको छ। 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अजित गुरुङले एक गोल गरे। त्यही एक गोलले आरसिटीलाई जित दिलाये। 

जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ। लिगमा विभिन्न १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: : 2021-03-01 15:20:00

प्रतिकृया दिनुहोस्