फेरि बढ्यो शेयर बजार, नेप्से २५ सय विन्दुमाथि

केही दिन घटेको शेयरबजार साताको दोस्रो दिन सोमबार पुनः लयमा फर्किएको छ।

पूँजी बजारको बुलिस गतिमा राजनीतिक अस्थिरताका कारण गत साता एकाएक रोकिएको थियो।

लगातार बढिरहेको शेयरबजार विगत ५ कारोबार दिनमा १६५.४७ अंकले घटेको थियो। नेप्से सूचकले फेरि २५ सय विन्दु पार गरेको छ।
  
सेयर बजार सूचक सोमबार ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा बन्द भएको छ। ५ अर्ब ६९ कारोड रुपैयाँ भन्दा बढीको सेयर करोबार भएको छ।

कुल १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर खरिद बिक्री भएका छन्।

नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ।सबैभन्दा धेरै जीवन बिमा समूहमा ३५९.१७ अंकले सुधार आएको छ।
 
यता, सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

दोस्रोमा शिखर इन्सुरेन्सको ३० करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

चन्द्रागिरी हिल्सको सेयर भाउमा सर्किट लागेर बढ्नेक्रम सोमबार पनि जारी रहेको छ। यसको भाउ ९.९० प्रतिशतले बढेको छ।

प्रकाशित मिति: : 2021-03-01 16:04:00

प्रतिकृया दिनुहोस्