सैयौँ मानिसको अस्थिपञ्जर छरपस्ट भारतको एउटा हिमाली तालको रहस्य

बिबिसी

काठमाडौं

भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपंजर छरिएका छन्।

उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा छ।

'अस्थिपञ्जरको ताल'मा मानव अपशेषहरू छरिएको र हिउँमा दबेको कुरा सन् १९४२ मा एउटा ब्रिटिस रेन्जरको गस्तीले पत्ता लगाएको हो।

वर्षको अधिकांश समय हिउँ जमिरहने उक्त तालको आकार मौसम अनुसार घट्ने र बढ्ने हुन्छ। हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन्। कहिलेकाहीँ त त्यसमा मासु टाँसिएको र सग्लै रहेको देखिन्छ। 

अहिलेसम्म त्यहाँ ६०० देखि ८०० जना मानिसको शरीरको अवशेष फेला परेको अनुमान छ।

प्रकाशित मिति: : 2021-03-01 19:44:00

प्रतिकृया दिनुहोस्