देश योजनाबद्ध विकासमा अघि बढेको छः  प्रधानमन्त्री ओली

File photo
File photo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले विगत तीन वर्षमा मुलुक असाधारण कामको वेगमा अघि बढेकाले आफूमाथि प्रहार भएको बताए।  

प्रधानमन्त्री ओलीले भने, “देश योजनाबद्ध तरिकाले अघि बढेको छ, पहिला एक वर्षमा १० किलोमिटर बाटो बन्थ्यो तर अहिले एक दिनमा ५.७ किलोमिटर बाटो कालोपत्र भएको छ।

कृषिमा आधुनिकीकरण एवं व्यवसायीकरण हुँदैछ, देश विकासको गतिमा अघि बढेकाले म माथि प्रहार भइरहेको छ।” । रासस

प्रकाशित मिति: : 2021-03-01 21:12:00

प्रतिकृया दिनुहोस्