दोभान बजारका आगलागी पीडितलाई तत्काल राहत दिन्छौं : प्रधानमन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ताप्लेजुङको दोभान बजारमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छन्।

मंगलबार विपन्न परिवारलाई घर हस्तारण कार्यक्रमको लागि झापाको विर्तामोड पुगेका प्रधानमान्त्री ओलीले कार्यक्रममा संबोधन गर्ने क्रममा भने–‘दोभान बजारमा आगलागी भएर घर नष्ट भएको खबर सुनेर दुःख लाग्यो।’

तत्काल सुरक्षाकर्मीले उद्धारको काम गरेको भन्दै प्रधानमन्त्री ओलीले राहत उपलब्ध गर्ने सरकार मातहतका निकायलाई समन्वय गरेर लाग्न निर्देशन दिएका छन्।

उनले नष्ट भएका घरको पूननिर्माणको काम सरकारले गर्ने समेत बताएका छन्।

ताप्लेजुङ दोभानमा आगलागी हुँदा ५५ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। सुरक्षाकर्मीको सहयोगमा अहिले आगो नियन्त्रमा आएको छ। 

प्रकाशित मिति: : 2021-03-02 14:56:00

प्रतिकृया दिनुहोस्