सरकार–विप्लव वार्ता ‘छिट्टै’ काठमाडौंमा गर्ने तयारी

फाइल तस्वीर
फाइल तस्वीर

सरकार र विप्लव नेतृत्वको नेकपा विद्रोहीबीचको वार्ता राजधानी काठमाडौंमा नै हुने भएको छ। यसका लागि माओवादी वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा काठमाडौं आइपुग्दै छन्।

सरकारी वार्ताटोली सदस्य रहेका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘वार्ता छिट्टै हुन्छ। काठमाडौंमा हुन्छ। वार्ता गर्ने भनेपछि उहाँहरु पनि आउनै पर्‍यो नि !’

विप्लव समूहको वार्ताटोली  काठमाडौं  आइपुगेको वा नपुगेको भन्ने आफूलाई जानकारी नभएको उनले बताए।

सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा विप्लव नेतृत्वको विद्रोही नेकपा (माओवादी) सँग वार्ता गर्न मंगलवार वार्ताटोली गठन गरेको थियो। जसमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराई सदस्य छन्।

विप्लव समूहले पनि सरकारसँग वार्ताका पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने 'दीपक' लाई वार्ताका लागि खटाउने निर्णय गरेको हो।

सरकारी वार्ता टोली संयोजक थापा र विद्रोही माओवादीका वार्ता टोली संयोजक प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीबाट मोहन बैद्यको नेतृत्वमा एकसाथ विद्रोह गरेर अलग पार्टी बनाउने नेता हुन्। सदस्य उदय चलाउने 'दीपक' भने सो पार्टीको युवा संघ– युथ कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष थिए। प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा थापा र विश्वकर्मा एकै मन्त्रिपरिषद्मा मन्त्री थिए।

थापाको नेतृत्वमा एउटा ठूलो समूह ०७१ सालमा प्रचण्ड नेतृत्वको माओवादीमै फर्केको थियो भने अर्को समूह विप्लवको नेतृत्वमा बैद्यसँग अलग भएर ‘नेपाल कम्युनिष्ट पार्टी’ को नाममा बेग्लै समूह खडा गरी विद्रोहको तयारीमा लागेको थियो।

ओली सरकारले दुई वर्षअघि विप्लवका सशस्त्र गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।



सरकार र विप्लव समूह दुवै पक्षले बनाए वार्ताटोली


विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा टोली गठन (भिडियाेसहित)

प्रकाशित मिति: : 2021-03-02 16:36:00

प्रतिकृया दिनुहोस्