फेरि घट्यो नेप्से, शेयरसूचकमा ३९.२३ अंकको गिरावट

फाइल तस्वीर
फाइल तस्वीर

सेयरबजारमा बुधवार पनि भारी गिरावट आएको छ।

कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ३९.२३ अंकले घटेर २४१६ विन्दुमा झरेको छ। सेन्सेटिभ सूचक पनि ७.१२ अंकले घटेको छ।

भर्खर बजार प्रवेश गरेका तथा साना लगानीकर्ताहरु नेप्से घट्न थालेपछि थप आत्तिएर बिक्री क्रम बढाउन बजार थप तल झरेको अनुमान गरिएको छ।

२१२ वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख ९ लाख ४४२ रुपैयाँमा खरिद बिक्री भएको छ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। 
बुधबार साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा व्यापार उपसमूहको सूचक बढेको छ भने चन्द्रागिरीको शेयरमूल्य बढ्दा होटल तथा पर्यटन उपसमूहको सूचक बढेको हो।

कारोबारमा आएका १३९ कम्पनीको शेयरमूल्य घटेको छ भने २९ कम्पनीको शेयरमूल्य बढेको छ।

चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर र नेश्नल हाइड्रो पावरको पनि क्रमशः ८.१६ प्रतिशत र ४.९३ प्रतिशतले बढेको छ।

एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ६.०६ प्रतिशतर नेपाल दुरसञ्चार कम्पनीको ५.७४ प्रतिशतले घटेको छ।

नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २९ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एशियन लाइफको २८ करोड ९ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-03-03 16:00:00

प्रतिकृया दिनुहोस्