कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

एजेन्सी

आदिस अबाबा
Symbolic photo

अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ। 

ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो। 

अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो। सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ। 

कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन्। तीमध्ये चार जनाको निधन भएको छ। त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो। 

त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो। सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो। 

त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो। अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन्। 

प्रकाशित मिति: : 2021-03-03 17:06:00

प्रतिकृया दिनुहोस्