खुमलटार युथसगँ डिभाइन ३-० ले पराजित 

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत डिभाइन ब्वाइज युनियन क्लबलाई खुमलटार युथ क्लबले ३-० को अन्तरले पराजित गरेको छ। 

सातदाबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा खुमलटारलाई जित दिलाउन कप्तान सविन केसीले दुई गोल गरेका थिए। 

आयुष घलानले पनि एक गोल गरेका थिए। यस जितसँगै खुमलटारले ९ खेलबाट २२ अंकमा पुगेको छ। 

प्रकाशित मिति: : 2021-03-03 17:41:00

प्रतिकृया दिनुहोस्