डोनल्ड ट्रम्पको १० सेकेन्डको भिडियो ६ दशमलब ६ बिलियन डलरमा बिक्री भयो (भिडियाेसहित)

बिएल संवाददाता

न्यूयाेर्क
तस्वीर : रोयटर्स
तस्वीर : रोयटर्स

मियामी (फ्लोरिडा)को कलेक्टर (पुराना र बहुमुल्य बस्तुहरु खरिद बिक्रि गर्ने ब्यक्ती) रोड्रिगेज फ़्राइलले गत अक्टुबरमा एउटा दश सेकेन्डको 'भिडियो क्लिप' करिब ४० हजार डलरमा खरिद गर्‍यो- जो अनलाइनहरुमा नि:शुल्क पाउन सकिन्थ्यो। तर अच्चम यो छ कि त्यो 'भिडियो क्लिप' गतहप्ता उसले करिब ६ दशमलब ६ बिलियन डलरमा कुनै अज्ञात ब्यक्तीलाई बिक्री गरे।

यसबाट के थाहा हुन्छ भने त्यो 'भिडियो क्लिप' कुनै साधारण भिडियो क्लिप होइन। यसमा पक्कै कुनै विशेषता छ, होइन भने कुनै मान्छेले एउटा दश सेकेन्डको 'भिडियो क्लिप'लाई त्यत्रो मोटो रकम किन तिर्थ्यो? यो प्रकरणले अनलाइन लिलामीको क्रिप्टोकरेन्सी नन फन्जिबल टोकन (एनएफटी) को बारेमा पनि चर्चा सुरु भएको छ।

यो 'भिडियो क्लिप'मा अमेरिकाका पूर्ब राष्ट्रपति डोनाल्ड ट्र्म्प पार्क जस्तो घासे मैदानमा पल्टिरहेका छन्। उनको शरीर भरि अनेकौ नाराहरु लेखिएको छ र ठूलो अक्षरमा 'हरुवा' लेखेको देख्न सकिन्छ।

'भिडियो क्लिप'मा उनको अगाडीवाट मान्छेहरु उनलाई कुनै वास्ता नगरेर हिडेको देख्न सकिन्छ। यो भिडियोको डिजिटल आर्टिस्ट माइक विन्कलम्यानले रोयटर्सलाई बताएअनुसार यो उनको क्लिपलाई अनलाइन बिपलको नामवाट पनि चिन्न सकिन्छ।

के हो एनएफटी?
ब्ल्याकचेन प्रबिधिको सहयोगले यसलाई कामको आधारमा 'डिजिटल सिग्नेच्गर' सँगै प्रमाणित गरिएको छ। एनएफटी एउटा डिजिटल सम्पत्ति हो जो कोभिड-१९ को कारण लोकप्रिय भएको छ। डिजिटल वा भर्चुअल संसारमा रुची राख्ने ब्यक्ती र लगानीकर्ताहरु यसै माध्यम द्वारा पैसा लगानी गर्छन जो केवल अनलाइन मात्र हुन्छ। नन फन्जिबल यस्तो बस्तु हरुको लागि प्रयोग हुन्छ जसलाई परिबर्तन गर्न सकिन्न्।

यती महँगो किन?
एनएफटी मा डिजिटल आर्ट वर्क र स्पोर्ट्स कार्ड्सदेखि भर्चुअल संसारको जग्गा जमिन सम्म खरिद बिक्रि हुन्छ। ओपनसीका अनुसार यसको मासिक कारोबार जनवरी २०२१ मा मात्र ८ दशमलब ६३ करोड डलर थियो। जबकि डिसेम्बर २०२० मा केवल ८० लाख डलर मात्र थियो र एक बर्ष अगाडी सम्म मासिक कारोबार १५ लाख डलर मात्र थियो। ओपनसीका सस्थापक एलेक्स अलालाका अनुसार दिनमा करिब दश घण्टा कम्प्युटरमा बिताउन सक्नेहरुको लागि यो स्वर्ग हो र यसको महत्व दिन-प्रतिदिन बढ्दै गइरहेको छ।

आजकाल बिपलको आर्टको माग निकै बढी छ। कलेक्टर फ़्राइल का अनुसार उनले यो दश सेकेन्डको भिडियो क्लिप डिजिटल आर्टिस्ट विन्कलम्यानको कामबाट परिचित भएको कारण खरिद गरेको बताएका छन्।

बिट कवाइन जस्तो क्रिप्टो करेन्सी पछि एनएफटी को लोकप्रियता बढ्दै गएको छ र यसको मुल्य पनि दिन-प्रतिदिन बढ्दो छ। अमेरिकाको पसिद्ध लिलाम घर 'क्रिस्टिज'मा बिपलकै एक कोलाज तस्बिरको लिलाम बढाबढ हुँदै छ।

यो डिजिटल आर्टस पनि पाँच हजार तस्बिर को कोलाज हो। कोलाज अर्थात् धेरै तस्बिर मिलाएर एउटै स्थानमा राखेर एउटा तस्बिर बनाउने, यो तस्बिरको यो समाचार तयार पार्दासम्म ३० लाख डलरको बोली लागिसकेको छ र यसको लिलाम ११ मार्च सम्म चल्नेछ। एलिजाबेथ हाउक्रोफ्ट र रितभिक् कार्भालो/ रोयटर्स 

प्रकाशित मिति: : 2021-03-04 07:29:00

प्रतिकृया दिनुहोस्