‘देश र जनतालाई केन्द्रमा राखेर गरिने सहमति छिटो निष्कर्षमा पुग्ने रहेछ’

अनलाइनखबर

काठमाडौं

संसदीय प्रणालीविरुद्ध एकीकृत क्रान्तिको एजेण्डा लिएर सशस्त्र गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएको छ।

यो सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा फर्किएको छ।

सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यो सहमतिलाई सरकारी प्रयासको महत्वपूर्ण कडीको रुपमा लिएका छन्।

उनी भन्छन्, ‘सबैखाले शक्तिहरुलाई एकताबद्ध गराउँदै मुलुकको राष्ट्रियता, लोकतन्त्र र सामाजिक रुपान्तरणको बाटोमा एकताबद्ध भएर जाने वर्तमान सरकारको प्रयास हो, त्यो प्रयासको सफलताको महत्वपूर्ण कडीका रुपमा यसलाई लिएका छौं।’

तर, चन्दसँग सत्ता सहकार्य र पार्टी एकतासम्मको अनुमानबारे भने प्रतिक्रिया दिनु हतारो हुने उनी बताउँछन्।

वार्तामा सरकार र विप्लव समूहबीच सहमति जुटेपछि भट्टराईसँग गरिएको संक्षिप्त कुराकानीः

वार्ता समिति बनेको तीन दिन नहुँदै एकाएक सहमति कसरी संभव भयो ?

सहमति भयो। तीन बुँदे सहमति भएको छ। यसको विस्तृत विवरण भोलि समारोहबीच सार्वजनिक गर्नेछौं। अहिले यति भनौ सहमति भएको छ।

प्रकाशित मिति: : 2021-03-04 12:30:00

प्रतिकृया दिनुहोस्