चौथो टेस्टमा इंग्ल्याण्ड २ सय ५ रनमा खुम्चियो

Photo - BCCI
Photo - BCCI

भारतविरूद्धको चौथो टेस्टको पहिलो इनिङमा भ्रमणकारी इंग्ल्याण्ड २ सय ५ रनमा खुम्चिएको छ।

अहमदाबादमा बिहीबारदेखि सुरु भएको चौथो टेस्टमा अक्षर पटेलले ४ तथा  रविचन्द्रन अश्विनले ३ विकेट लिएपछि इंग्ल्याण्ड फितलो भएको थियो।

मोहम्मद सिराजले पनि दुई विकेट लिए।

अक्षरले ज्याक क्राउली, डम सिबली, ड्यान लोरेन्स र डम बेसलाई आउट गरेका थिए।

सिराजले बेयरस्टो र जो रुटलाई पराजित गरे। अश्विनले ओली पोप, बेन फोक्स र ज्याक लिचलाई आउट गरे।

वासिङ्टन सुन्दरले बेन स्टोक्सलाई एलबीडब्लुको धरापमा पारे। स्टोक्सले आउट हुनुअघि टेस्ट करिअरको २४ औं अर्धसतक बनाए।

प्रकाशित मिति: : 2021-03-04 17:07:00

प्रतिकृया दिनुहोस्