चन्द समूहसँग सरकारले गरेको सहमति 'राजनीतिक उपयोगका लागि केन्द्रित'

बिबिसी

काठमाडाैं

सरकार र प्रतिबन्धित रहँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति राजनीतिक उपयोगका लागि केन्द्रित रहेको देखिएको राजनीतिशास्त्रीले बताएका छन्।

बिहीवार भएको सहमतिमा चन्द नेतृत्वको नेकपाले आफ्ना सबै राजनीतिक विषयहरूको समाधानका लागि संवादको बाटो अपनाउने, राजनीतिक गतिविधिहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, उक्त पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनेलगायत विषयहरू छन्।

सहमतिका यी बुँदा हेर्दा प्रतिबन्ध लगाउनु अघिको अवस्था र अहिले सहमति पछिको अवस्थामा केही फरक नभएको राजनीतिशास्त्री कृष्ण खनालले बीबीसीलाई बताए।

"यो भनेको त प्रतिबन्ध लगाउनु पूर्वमा फर्किनुबाहेक सरकारको अरू उपलब्धि दखिएन। यी तीन बुँदाले नयाँ प्रगति भएको सङ्केत गर्दैन" राजनीतिशास्त्री खनालले प्रतिप्रश्न गरे, "एक, डेढ, दुई घन्टा बस्दैमा सकिने कस्तो खालको सहमति रहेछ त?"

उनले यो सरकारका लागि नभइ प्रतिबन्ध लगाइएको चन्द समूहका लागि उपलब्धि भएको बताए।

प्रकाशित मिति: : 2021-03-04 20:03:00

प्रतिकृया दिनुहोस्