अमेरिकी राष्ट्रपति वाइडेन भन्छन्: चिनियाँ हैकमवादी नीतिमा परिवर्तन ल्याउँन जरुरी छ

बिएल संवाददाता

न्युयाेर्क
Photo -  AP
Photo - AP

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाको चीन नीति अछिल्लो सरकारको जस्तै हुने घोषणा गरेका छन्।

राष्ट्रपतिको निजि सचिबालय (ओभल अफिस)बाट जारी विज्ञप्ति अनुसार अमेरिकाले ताइवान र तिब्बतको मानबअधिकारलाई समर्थन गर्नेछ।

बिहिबार जारी २४ पेजको दस्ताबेजमा भनिएको छ,"सैन्य र प्राबिधिक क्षेत्रमा चीनले गरेको निरन्तर प्रगतिको कारण चीन–अमेरिकाको लागि पनि खतरा हुन् सक्ने छ। अन्तर्राष्ट्रिय प्रणालीलाई नै निरन्तर चुनौती दिन सक्ने छ।" 

जारी दस्ताबेजमा अगाडि लेखिएको छ, "बिश्वका धेरै समस्याहरुमा चीनका नेताहरुले अनुचित र आक्रामक ब्यबहार गर्छन, जो चिन्ताजनक छ।"

अबैध ब्यापार, साइबर चोरी र प्रतिरोधी आर्थिक नियमसँग जुध्ने समयमा चीनकाे नीति जहिले पनि बिबादास्पद रहने आरोप लगाउदै उक्त दस्ताबेजमा लेखिएको छ।" 

छिमेकी र मित्र देशहरुसँग उचित सम्बन्ध राख्न चिनियाँ हैकमवादी नीतिमा परिवर्तन ल्याउँन जरुरी भएकाे बताएका छन्। चिनियाँ नीतिमा परिवर्तन नल्याए आउँदो दिनमा विश्वको लागि खतरा हुने दस्ताबेजमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-03-05 11:08:00

प्रतिकृया दिनुहोस्