विप्लव काठमाडौँमा, प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै

फाइल तस्वीर
फाइल तस्वीर

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आइपुगेका छन्।

विप्लव नवलपुरबाट निजी गाडी चढेर काठमाडौं आएका हुन्। उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइएको हो।

शुक्रबार बिहान नवलपरासीबाट काठमाडौँ आएका विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन्।

सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन्। 

दिउँसो दुई बजे महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


 

प्रकाशित मिति: : 2021-03-05 12:26:00

प्रतिकृया दिनुहोस्