गैँडाको आक्रमणबाट एक घाइते

The Blade
The Blade

चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन्।

घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैँडाले आक्रमण गरेको थियो।

गैँडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-03-05 16:21:00

प्रतिकृया दिनुहोस्