विप्लवको आन्दोलन फोर्स होइन सेफ ल्यान्डिङ हाे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको बताएका छन्।

राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा बोल्दै ओलीले विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताए।

ओलीले विप्लवका नेता तथा कार्यकर्ताहरु छुट्ने शिललिला सुरु भइसेको बताएका छन्।

सिके राउतलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याएको स्मरण गर्दै हरेक कुरा सहमतिमा सम्भव हुने उनले बताए।

आफुहरुको सपना जैविक र मानविय आवश्यकताल पुर्ण हुन पाउनु हाम्रो सपना हो। राजनैतिक सबै समृद्धका सबै प्रयासबाट देशले सन्तुष्टी पाउनु पर्ने उनको भनाई छ।

उनले भने, ‘यतिबेला कसैले कसैलाई अग्लो कसैलाई होचो गराउने समय हैन। आजबाट देशको शान्तिको यात्रा सुरु भएको छ।’

आजको उपलब्धीलाई विश्वकै कम्युनिष्टलालाई शान्तिपुर्ण सहमतिले कसरी समाज परिर्वतन र राज्याका उत्तारचढावहरुलाई समाधान गर्न सकिन्छ भनेर उदाहरणीय काम देखाएको ओलीले बताए। उनले भने, ‘यी सबै कुरा विश्य कम्युनिष्टको लागि दृष्टान्त हो।’

प्रकाशित मिति: : 2021-03-05 16:52:00

प्रतिकृया दिनुहोस्