जिल्लामा दोस्रो चरणको खोप ७३ स्थानबाट

File photo
File photo

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ।

ती स्थानबाट  ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा  २९ हजार डोज सुई प्राप्त भइसकेको छ।
 
जिल्लामा अहिले ६० वर्षमाथिका ६५ हजार ६०६ रहेका छन्। यस तथ्याङ्कअनुसार ६५ वर्ष समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको तिवारीले जानकारी दिनुभयो।

खोप अभियानमा ४७९  स्वास्थ्यकर्मी परिचालन हुने छन्। यसमध्ये २५१ तालीम प्राप्त स्वास्थ्यकर्मी र २२८ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने छन्। अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ।
 
दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ। खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ। अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ। 

प्रकाशित मिति: : 2021-03-06 12:06:00

प्रतिकृया दिनुहोस्