सुदर्शनलाई भेट्न नख्खु कारागारमा विप्लव 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्ना पार्टीका नेता  हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई भेट्न नख्खुस्थित कारागार पुगेका छन।

शनिबार बिहान महासचिव ‘विप्लव’, नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने कारागार पुगेको हुन्। शुक्रबार सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच शान्ति सम्झौता भईसकेको छ। 

२ वर्षदेखि भुमिगत रहदै आएका विप्लव सरकारसगँ सहमतिमा आएपश्चात विभिन्न ठाउँका कारागारमा रहदै आएका आफ्ना नेता तथा कार्यकर्तालाई भेट्नमा व्यस्त बनेका छन्। 

सरकार र विप्लवबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले पक्राउ गरेका विप्लवका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने बताएको थियो। बन्दी रहेका सुशर्दनलाई सरकारले भोली (आइतबार) रिहाई गर्ने तयारी गरेको स्रोतले बताएको छ। 

काठमाडौंस्थित एनसेलको मुख्यालयमा बम बिष्फोट गराएको आरोपमा सुदर्शन पक्राउ परेका थिए।


 

प्रकाशित मिति: : 2021-03-06 13:56:00

प्रतिकृया दिनुहोस्