धमाधम ठूला फाइल खोल्दै अख्तियारः चुडामणि शर्मादेखि उमेश ढकालसम्मकोे फाइल पुनःअनुसन्धान

फोटो ओएनएस न्यूज
फोटो ओएनएस न्यूज

मुलतवीमा राखिएका ठूलठूला अनियमितता काण्डका फाइलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।

अख्तियार स्रोतका अनुसार मुलतवीमा रहेको आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मासहित लुम्बध्वज महत, उमेश ढकाललगायतको फाइलको अनुसन्धान सुरु भएको छ।  महत र ढकाल हालसम्म फरार रहेको अख्तियार स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो। 



पौडेलविरूद्ध एकै साता अख्तियारमा तीन उजुरी, प्रमुख आयुक्त राई भन्छन्–‘बिचौलियालाई पनि छोडिन्न’   

आयल निगमका कार्यकारी निर्देशक पौडेलविरूद्ध अख्तियारमा दुई उजुरी दर्ता 

भारतसँग पैसा खाएर चीनसँग पेट्रोलियम पाइप लाइन जोड्न ढिलाइ गर्दै पौडेल 

स्वाभिमानी प्रशासकको अख्तियार यात्रा



कर फछ्र्र्यौट आयोगबाट राज्यकोषमा आउनुपर्ने कर उन्मुत्ति दिएको अभियोगमा शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। शर्मा १ करोड धरौटी बुझाएर छुटेका थिए। उनको मुद्धा विशेष अदालतमा छ।

भ्रस्टाचार आरोपमा अख्तियारले शर्मालाई कार्यालयबाटै पक्राउ गरेको थियो। अख्तियारले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको थियो। शर्मामाथि कर फछ्र्यौट आयोगमार्फत अवैधानिक रुपमा ६० अर्ब बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ।

एनसेल बिक्री करमा छुटको लबिङलगायत थुप्रै विवादित मुद्दामा मुछिएका शर्मामाथि अख्तियारले निगरानी बढाएको अख्तियार उच्च स्रोतको दाबी छ। शर्मालाई विदेश जान प्रतिबन्ध लगाइएको छ।



प्रचण्डलाई ८ करोड बुझाएर कार्यकारी निर्देशक बनेका थिए पौडेल

अख्तियारका प्रवक्ता रिसाल भन्छन्: उजुरी दर्ता दुई गुणाले बढ्यो (भिडियो अन्तर्वार्ता)

डिपो प्रमुखसँग मासिक ५ लाख रुपैयाँसम्म असुल्छन् पौडेल

प्रमुख आयुक्त राईका २६ दिन : भ्रष्टहरु भागाभाग,  घुस लिएको ८ लाख रुपैयाँ फालेर भागे गाउँपालिका प्रमुख



अख्तियार स्रोतले भन्यो, ‘थुप्रै ठूला फाइल खोलिएको छ। प्रमुख आयुक्त प्रेमकुमार राई बिहान ९ देखि राति ७ बजेसम्म बसेर फाइलको अनुसन्धान आफै गरिरहनु भएको छ।’



भतिजा र भाञ्जालाई ठेकेदार बनाएर अध्यक्षले मच्चाए ब्रम्हलुट

अख्तियारप्रति स्थानीयवासीको बढ्यो आशंका (भिडियाेसहित)

मधेशी दलित उभ्याएर लाखौँ अनियमितता

प्रकाशित मिति: : 2021-03-06 14:50:00

प्रतिकृया दिनुहोस्